नयाँ कप्तानका साथ मैदान उत्रदै पन्जाब र कोलकत्ता

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा आजको पहिलो खेलमा पन्जाब किंग्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल नेपाली समय अनुसार दिउँसो पौने ४ मा पन्जाबको घरेलु मैदान मोहालीमा सुरु हुनेछ।
यस सिजनको पहिलो खेल खेल्न लागेका दुवै टोलीका लागि यो खेल महत्वपुर्ण रहेको छ । सानदार सुरुआत दुवै टोलीको लक्ष्य रहँदा खेल रोमान्चक तथा प्रतिस्पर्धात्मक हुने अनुमान रहेको छ । पन्जाब र कोलकत्ता दुबै टोली नयाँ कप्तानका साथ यस १६ औं सिजनको पहिलो खेल खेल्दैछ ।
गत १५ औं सिजन पन्जाबका लागि मयंक अग्रवालले कप्तानी गरेका थिए । तर, पन्जाबले उनलाई २०२३ को आईपीएल अक्सन अगाडी टोलीबाट फुकुवा गरेको थियो । पन्जाबको रिटेन सुचीमा रहेका शिखर धवनको कप्तानीमा पन्जाब मैदान उत्रदैछ ।
यता कोलकत्ता नाइट राइडर्सको कप्तानीमा नितिश राणा देखिनेछन् । नियमित कप्तान श्रेयस अय्यर मेरुदण्डकको समस्याका कारण सुरुआती खेल गुमाउनेछन् । त्यसैले नितिशले आईपीएल ईतिहासमा नै पहिलो पटक कप्तानी सम्हादै छन् ।
पन्जाबका दुई प्रमुख खेलाडी कागिसो रबाडा र लियाम लिभिङस्टोनले कोलकत्ताविरुद्ध खेल गुमाउनेछन् । रबाडा दक्षिण अफ्रिका राष्ट्रिय टोलीमा रहेका छन् । शनिबार नेदरल्यान्ड्ससँग अन्तिम खेलपछि मात्रै उनी पन्जाबसँग जोडिनेछन् ।
लिभिङस्टोन भने चोटका कारण कोलकत्ताविरुद्धको पहिलो खेल गुमाउनेछन् । पन्जाबमा ब्याटरको रुपमा शिखर धवन, म्याथ्यु शर्ट, भानुका राजपक्षे र शाहरुख खान छन् । बलरमा अर्शदीपसिंह र साम करन प्रमुख हतियार हुन् ।
पन्जाबले सन् २०१४ यता आईपीएल प्लेअफमा स्थान बनाउन सकेको छैन । पन्जाब यस वर्ष भने यो ईतिहास तोड्न चाहन्छ । त्यसैले पन्जाबले विश्वविजेता इंग्ल्याण्डका अलराउन्डर साम करनलाई लिलामीमा कीर्तिमानी रकममा आफ्नो टोलीमा आबद्ध गरेको छ ।
वेंगकटेस अय्यर, नितिश राणा र रहमानउल्लाह गुरबाज प्रमुख ब्याटरका रुपमा रहेका छन् । लोकी फर्गुनस, आन्द्रे रसेल,शार्दुल ठाकुर र उमेश यादव प्रमुख बलर हुन् । रसेल विष्फोटक ब्याटिङका लागि चिनिन्छन् ।
हेड टु हेड :
कोलकत्ता र पन्जाबबीच कुल ३० खेल भएका छन् । जसमा कोलकत्ता २० र पन्जाब १० खेलमा विजयी भएका छन् । पछिल्ला पाँच खेलमा कोलकत्ता तीन खेलमा विजयी भएको छ ।
कोलकताको टोली :
आन्द्रे रसेल, श्रेयस अय्यर, बरुण चक्रवर्ती, शार्दुल ठाकुर, लोकी फर्गुसन, नितिश राणा(कप्तान), वेंकटेश अय्यर, सुनिल नारायण, उमेश यादव, टिम साउथी, सकिब अल हसन, डेविड विजा, नारायण जगदीशन, वैभव अरोरा, रिंकु सिंह, मन्दीप सिंह, लिटन दास, रहमानउल्लाह गुरबाज, अनुकुल रोय, कुलवान्त खेजरोलिया, हर्षहित राना र सुयश शर्मा
पन्जाब टोली :
साम करन, लियाम लिभिङस्टोन, कागिसो रबाडा, शाहरुख खान, शिखर धवन(कप्तान),म्याथ्यु शर्ट, राहुल चाहर, अर्शदीपसिंह, हरप्रीत ब्रार,राज अंगद बाबा, नाथन एलिस, प्रभसिमरन सिंह, ऋषी धवन, सिकन्दर राजा, भानुका राजपक्षे, हरप्रीत भाटिया, अथर्व तायडे, मोहित राथे, शिवम सिंह, बालजित सिंह, जितेश शर्मा र विद्धत कावेरप्पा













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)