शुक्रबार, ११ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

खेलकुद पूर्वाधार नीति संवाद शनिबार

बुधबार, १५ चैत्र २०७९खेलपाटी संवाददाता
खेलकुद पूर्वाधार नीति संवाद शनिबार
Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले खेलकुद पूर्वाधार नीति संवाद कार्यक्रम आयोजना गर्ने भएको छ ।

राखेपले बुधबार पत्रकार सम्मेलन गर्दै यहिँ चैत १८ गते शनिबार खेलकुद पूर्वाधार नीति संवाद कार्यक्रम आयोजना गरिने जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने एकदिने कार्यक्रम र्याडिसन होटल काठमाडौंमा हुनेछ । कार्यक्रममा राखेपले खेलकुद पूर्वाधारको विषयमा प्रस्तुति दिनेछ । त्यसपछि विवध विषयमा छलफल हुनेछ ।

यस कार्यक्रमको उदेश्य मापदण्ड सहितका पूर्वाधार निर्माणको नीति निर्माण गराउने, खेल पूर्वाधारको स्तर निर्धारणको मापदण्ड तयार गर्ने, खेलकुद पूर्वाधारको वर्तमान अवस्था, पूर्वाधारका लागि लगानीको अवस्थाको बिषयमा जानकारी दिने,  खेल पूर्वाधारको वर्तमान अवस्थाबारे प्रकाश पार्ने लगायत रहेको राखेपले जनाएको छ ।

कस्ता पूर्वाधार संघ, प्रदेश र स्थानिय तहमा हुनु पर्ने भन्ने बिषयमा मापदण्ड बनाउन आवश्यक भएकोले, संघ, प्रदेश र स्थानीय तहमा आवश्यक पर्ने पूर्वाधारको विषयमा जानकारी लिन, पूर्वाधार निर्माणमा लगानीका विषयमा छलफल गर्न, खेल पूर्वाधारमा राज्यको अवधारणा र प्रतिबद्दताका लागि, पूर्वाधार निर्माणमा लागानी वृद्धि गराउन,  नीजि क्षेत्रलाई पनि खेलकुद पूर्वाधारमा उत्प्रेरित गर्न र भौगोलिक अवस्थितिका आधारमा पूर्वाधार निर्माणको नीति तयार गर्न यस कार्यक्रमको आवश्यकता रहेको राखेपले  जनाएको छ ।

नेपालको खेलकुद पूर्वाधार विकासका लागि छलफलको अनुभूति भएको कारण यस कार्यक्रम आयोजना गर्न लागिएको राखेपका सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए । यस संवादले नेपाली खेलकुदमा महत्वपूर्ण योगदान मिल्ने उनले बताए ।

 'यस छलफलको अनुभूति भएकाले कार्यक्रम गर्न लागेका हौँ । देशभरका खेलकुद संरचनाको तथ्यांक पेश गर्ने र चुनौती केलाउने छौँ । पूर्वाधारको वर्गीकरण गर्ने छौँ । यस छलफल र संवादले नेपाली खेलकुदमा महत्वपूर्ण योगदान मिल्ने छ,' सदस्य सचिव घिसिङले भने ।

सदस्य सचिव घिसिङले यस कार्यक्रमले नेपालमा स्पोर्ट्स इन्डोर हल किन बनेन भनेर सरकारलाई ध्यानाकर्षण गराउने बताए ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री, युवा तथा खेलकद मन्त्रालयका सचिव, सहसचिव, अर्थ मन्त्रालयका सचिव, बजेट योजना महाशाखाका सहसचिव, शिक्षा मन्त्रालयका सचिव, विद्यालय शिक्षा महाशाखाका विभागीय प्रमुख, सातवटै प्रदेशका खेलकुद मन्त्रालयका मन्त्री, सचिव, राखेपका बोर्ड सदस्य, प्रदेश खेलकुदका सदस्य सचिव, पूर्व सदस्य सचिव, विभिन्न खेलकुद संघका पदाधिकारी, खेलाडी, उद्योग बाणिज्य महासंघका पदाधिकारी, निजी क्षेत्रका संघ संस्थाका पदाधिकारी तथा खेलकुद पत्रकारहरुको सहभागिता रहने छ ।  

Loading ad...
LiNing Ad
खेलकुद पूर्वाधार नीति संवाद शनिबार

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने

जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एनआरटी लगातार तेस्रो पटक फाइनलमा

एनआरटी लगातार तेस्रो पटक फाइनलमा

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा

संकटालाई हराउन एपीएफलाई हम्मेहम्मे

संकटालाई हराउन एपीएफलाई हम्मेहम्मे

पुलिसको सहज सुरुआत

पुलिसको सहज सुरुआत