पूर्व खेलाडी तथा प्रशिक्षक गुरुङको निधन
बिहिबार, ०९ चैत्र २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडी तथा प्रशिक्षक डम्बरसिंह गुरुङको निधन भएको छ ।
गुरुङको पोखरामा बुधबार हृदयघातका कारण ७१ वर्षको उमेरमा निधन भएको हो ।
हृदयघात भएपछि उपचारको क्रममा मणिपाल शिक्षण अस्पताल उनको निधन भएको हो ।
गुरुङको श्रीमती, ३ छोरी र एक छोरा छन् ।
गुरुङले सन् १९७४ मा थाइल्यान्ड र १९८२ मा नयाँ दिल्लीमा नेपालको प्रतिनिधित्व गरेका थिए ।
उनले नेपालको यू–१४ र यू–१६ को प्रशिक्षक भएर काम गरेका थिए । यस्तै उनले 'ए' डिभिजनको त्रिभुवन आर्मी फुटबल क्लब र एपीएफ फुटबल क्लबका प्रशिक्षक भएर काम समेत गरेका थिए ।
पूर्व खेलाडी तथा प्रशिक्षक गुरुङको निधन






-1776523830982.png&w=3840&q=75)
-1776414121120.jpeg&w=3840&q=75)







-1776931409919.jpeg&w=3840&q=75)