एथलेटिक्सकी अन्जु सवारी दुर्घटनामा
शुक्रबार, चैत ३, २०७९खेलपाटी संवाददाता

काठमाडौं । एथलेटिक्सकी खेलाडी अन्जु खड्का सवारी दुर्घटनामा परेर गम्भिर घाईते भएकी छिन् । बिहिबार साँझ जोरपाटीमा अन्जु मोटरसाइकल दुर्घटनामा परेकी हुन् ।
विपरित दिशाबाट आएको मोटरसाईकलले ठक्कर दिदाँ मोटरसाईकलको पछाडी बसेकी अन्जुको टाउकोमा गम्भिर चोट लागेको छ । उनको बिहिबारनै काठमाडौं मेडिकल कलेजमा टाउकोको शल्यक्रिया गरिएको थियो ।
एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले अन्जुको आईसीयूमा राखेर उपचार भैरहेको र चिकित्सकका अनुसार अवस्था गम्भिर रहेको बताए ।
एथलेटिक्सकी युवा खेलाडी अन्जु पछिल्लो समय घरेलु एथलेटिक्समा प्रतिभावान खेलाडी बनेर आएकी थिईन् । काठमाडौंमा भर्खरै सम्पन्न एसियन क्रसकन्ट्री दौडमा जुनियर टिममा रजत पदक जितेकी थिईन् ।
उनी काठमाडौं सहित मोफसलमा विभिन्न दौड प्रतियोगितामा पदक सहितको उपस्थिती देखाउन थालेकी थिईन् ।
#एथलेटिक्सकी अन्जु







-1762154705887.png&w=3840&q=75)




-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)