फर्मुला वानको एफ वान इन स्कूल्स हेटौडामा

काठमाडौं । नेपाल अटोमोबाइल्स् एसोसिएसन (नासा नेपाल) र काठमाडौँ इन्जिनियरिङ कलेजको संयुक्त रुपमा नेपालमै पहिलो पटक आयोजना भइरहेको फर्मुला वान इन स्कुल्सको अभिमुखीकरण कार्यक्रम हेटौडामा आयोजना भएको छ ।
हेटौडाको नवोदय शिशु सदन अंग्रेजी माध्यमिक विद्यालयमा कार्यक्रम भएको हो ।
कार्यक्रममा हाल ४० वटा देश सहभागी भइरहेका एफ वान इन स्कूल्सका गाडी र डेमो रेस प्रस्तुत भएको थियो भने एफ वान इन स्कूल्सका नेश्नल कोर्डिनेटर ई. सुयोग खनालले एफ वान इन स्कूल्सको अभिमुखिकरण दिएका थिए ।
यसै गरी काठमाडौँ इन्जिनियरिङ कलेजका उपप्रध्यापक ई. मञ्चन तिवारी एफ वान इन स्कूल्सको गाडि बनाउदा प्रयोग हुने क्याड र क्याम र डिजाइन गर्दा लाग्ने एरोडाइन्यामिक फोर्सका बारेमा प्रस्तुतिकरण दिएका थिए ।
कार्यक्रममा नवोदय स्कूलका निर्देशक अव्यक्त खनालले ५० जना बिद्यार्थीको उत्साहजनक सहभागिता रहेको जनाउँदै र स्कुलको यस कार्यक्रममा पूर्ण साथ सहयोग रहने बताए ।
नासा नेपाल र काठमाडौँ इन्जिनियरिङ कलेजले संयुक्त रुपमा विद्यार्थी केन्द्रित स्कूल्स टु ट्रयाक, कार्टिङ्ग कम्पिटिसन र इ स्पोटर्स् कार्यक्रमहरु आयोजना गदै छ ।







%20(1)-1769779466492.jpeg&w=3840&q=75)
-1769769455928.jpeg&w=3840&q=75)

-1770033375229.jpg&w=3840&q=75)




-1770007908441.webp&w=3840&q=75)
-1769997348347.webp&w=3840&q=75)