राष्ट्रपति रनिङ सिल्ड भोलिदेखि
सोमबार, २२ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । काठमाडौं जिल्ला खेलकुद विकास समितिको आयोजनामा १२ औं काठमाडौं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।
प्रतियोगितामा विभिन्न ६ खेलको प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।
एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुको प्रतिस्पर्धा हुनेछ । भलिबल कागेश्वरी मनोहरा नगरपालिकास्थित गान्धी मोडको गान्डी माविमा हुनेछ ।
बाँकी खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को हातामा हुनेछ । प्रतियोगिता बिहीबार सम्पन्न हुनेछ ।
राष्ट्रपति रनिङ सिल्ड भोलिदेखि








-1768813120551.jpg&w=3840&q=75)



-1768819663565.jpeg&w=3840&q=75)

