एनआरटीलाई हराउँदै सातदोबाटोको सुखद सुरुआत
आइतबार, २१ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । सातदोबाटो युथ क्लबले नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा विजयी सुरुआत गरेको छ ।
च्यासल रंगशालामा आइतबार न्युरोड टिम एनआरटीलाई २-१ गोल अन्तरले हराउँदै सातदोबाटोले सुखद सुरुआत गरेको छ ।
सातदोबाटोको जितमा दीपक राज ठकुरीले दुई गोल गरे । एनआरटीका निकोलस सङले एक गोल फर्काए ।
खेलको ४५ औं मिनेटमा दीपकले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, पहिलो हाफको इन्जुरी समयमा निकोलसले गोल गर्दै एनआरटीलाई १-१ को बराबरीमा ल्याए ।
त्यसपछि खेलको ८४ औं मिनेटमा दीपकले व्यक्तिगत दोस्रो गोल गर्दै सातदोबाटोलाई २-१ को जित दिलाए ।
यस जितसँगै सातदोबाटोले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।
एनआरटीले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।
एनआरटीलाई हराउँदै सातदोबाटोको सुखद सुरुआत






-1767150421112.webp&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)


-1767098144368.jpg&w=3840&q=75)


