काठमाडौं । काठमाडौंको सानोभर्याङमा अवस्थित स्वस्तिश्री गुरुकुल आइ. वी वर्ल्ड स्कुलले अन्तर विद्यालय फुटसल प्रतियोगितामा विजयी विद्यालयका खेलाडी विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ ।
पाँच दिनसम्म सञ्चालन भएको प्रतियोगितामा १२ वटा विद्यालयका विभिन्न उमेर समूहका २८ टिम सहभागी भएका थिए।
यू-१६ गर्ल्सतर्फ आयोजक स्वस्तिश्री प्रथम, नेक्सस द्वितीय र एभिएमले तृतीय स्थान हासिल गरेको थियो ।
यू-१६ ब्वाइजतर्फ नेक्सस प्रथम, द्वितीय आयोजक स्वस्तिश्री र तृतीय आर्या एकेडेमी भएका थिए ।
यू-१३ ब्वाइजतर्फ रिब्स स्कुल प्रथम, किड्स् लर्निङ स्कुल द्वितीय र एक्सेल्सियर स्कुल तृतीय भएका थिए ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी यू-१६ गर्ल्सतर्फ सोभियाना ढकाल नेक्सस, त्यसैगरी उत्कृष्ट गोलरक्षक शुभाना मानन्धर स्वस्तिश्री गुरुकुल र सर्वाधिक गोल गर्ने खेलाडी स्वस्तिश्री गुरुकुलकी शर्भानी सुवेदी घोषित भएका थिए ।
यू-१६ ब्वाइजतर्फ सर्वोत्कृष्ट खेलाडी कृपल गिरी स्वस्तिश्री गुरुकुल, त्यसैगरी उत्कृष्ट गोलरक्षक निशान्त राना नेक्सस स्कुल र सर्वाधिक गोल गर्ने खेलाडी कृष्णबहादुर आलेनेक्सस घोषित भएका थिए ।
यू-१३ तर्फ ब्वाइजतर्फ सर्वोत्कृष्ट खेलाडी रेहान वास्कोटा किड्स लर्निङ स्कुल, त्यसैगरी उत्कृष्ट गोलरक्षक आयुष के सी रिब्स स्कुल र सर्वाधिक गोल गर्ने खेलाडी सुवेग पाण्डे एक्सेल्सियर स्कुल घोषित भएका थिए ।
समापन समारोहमा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला प्रमुख अतिथिको रुपमा रहेका थिए ।
त्यस्तै विशेष अतिथिको रुपमा नेपाल स्कूल स्पोर्टस् फेडेरेसनका अध्यक्ष प्रदीप जोशी ,पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा अखिल नेपाल फुटबल संघका पूर्व सदस्य दिनेश व्यञ्जनकार ,नागार्जुन प्याब्सनका अध्यक्ष वासु घिमिरे, नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान तथा विद्यालयका फुटवल एम्बासडर अनिल गरुङ्, राष्ट्रिय फुटबल टिमका वर्तमान भाइस क्याप्टेन सुजल श्रेष्ठ तथा स्वस्तिश्री एकेडेमीका संयोजक सनोज श्रेष्ठको उपस्थिति रहेको थियो ।