च्याम्पियन टोली आज स्वदेश फर्कने
शुक्रबार, १९ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । आईसीसी यू-१९ विश्वकप एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा यूएईलाई हराउँदै विश्वकपमा पुगेको नेपाली टोली आज शुक्रबार स्वदेश फर्कदै छ ।
यूएईलाई पराजित गरेर एसिया छनोटको च्याम्पियन बनेर नेपाली टोलीले विश्वकपमा स्थान बनाएको हो ।
विश्वकपको एसीया क्षेत्र छनोटमा च्याम्पियन भएको नेपाली टोली आज साझ स्वदेश फर्कदै छ ।
नेपाली टोली आज साँझ ६ बजे नेपाल आईपुग्ने नेपाल क्रिकेट संघ(क्यान)ले जनाएको छ ।
निर्णायक खेलमा बिहीबार यूएईलाई ७ रनले हराउँदै नेपाल विश्वकपमा पुगेको छ ।
नेपालले २०१६ को विश्वकप पछि पहिलो पटक विश्वकप खेल्दैछ ।
च्याम्पियन टोली आज स्वदेश फर्कने





%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)

-1771139095251.jpeg&w=3840&q=75)



