मुख्य प्रशिक्षक भिन्सेन्जोलाई नियुक्ति पत्र प्रदान

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसलाई नियुक्ति पत्र प्रदान गरिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार भिन्सेन्जोलाई नियुक्ति पत्र प्रदान गरेको हो । एन्फाका महासचिव किरण राईले उनलाई नियुक्ति पत्र प्रदान गरे ।
एन्फाको बुधबार बसेको कार्यसमिति बैठकले इटालीका भिन्सेन्जोलाई मुख्य प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको थियो ।
पदपूर्ति समितिले सिफारिस गरेको अनुसार बैठकले भिन्सेन्जोलाई नियुक्ति गरेको हो ।
मुख्य प्रशिक्षकका लागि १ सय ६८ जनाको आवेदन आएको थियो । जसमा पदपूर्ति समितिले २० जनालाई सर्टलिस्ट गरेको थियो ।
३८ वर्षीय अनुभवी प्रशिक्षक भिन्सेन्जोले यस अघि बेलिजको राष्ट्रिय फुटबल टिमको प्रशिक्षण गरेका थिए ।
यूईएफए प्रो लाइसेन्स प्राप्त प्रशिक्षकले भारतीय क्लब गोकुलम केरलालाई दुई पटक आई लिगको उपाधि दिलाएका थिए ।
उनले इन्डियन सुपर लिगमा नर्थ इस्ट युनाइटेडको टोली समेत सम्हालिसकेका छन् ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गत भदौमा राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षक विहीन रहेको थियो।
यस्तै नवनियुक्त सहायक महासचिव दामोदर भट्टराईलाई पनि महासचिव राईले नियुक्ति पत्र प्रदान गरे ।














%20(1)-1763645320295.jpeg&w=3840&q=75)
