काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले यू-१९ पुरुष क्रिकेट टोलीका खेलाडीलाई जनही १ लाख पुरस्कार दिने भएको छ।
आईसीसी यू-१९ विश्वकपमा छनोट भएपछि क्यानले खेलाडीलाई जनही १ लाख पुरस्कारको घोषणा गरेको हो ।
विश्वकपको एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा बिहीबार यूएईलाई ७ रनले हराउँदै नेपाल विश्वकपमा पुगेको हो।
नेपालले २०२४ मा श्रीलंकामा आयोजना हुने यू-१९ पुरुष विश्वकपमा सहभागीता जनाउने छन् ।
