एभिनियर बुढासुब्बा गोल्डकपको फाइनलमा

इलाम । बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि एभिनियर फुटबल क्लब क्यामरुन र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) झापाबीच प्रतिस्पर्धा हुने भएको छ ।
धरान रंगशालामा जारी प्रतियोगिताको अन्तिम सेमीफाइनल खेलमा एन्फा मोरङलाई २–० अन्तरले हराउँदै एभिनियरले केएफटिसी प्रतिद्धन्दी पाएको हो ।
खेलको ४५ औं मिनेटमा डिम्बाले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । खेलको ८५ औं मिनेटमा मोरङले आत्मघाती गोल गरेपछि एभिनियर फाइनल प्रवेश गरेको हो । सुजन चौधरीले आत्मघाती गोल गरेका थिए ।
खेलको म्यान अफ द म्याच एभिनियरका जिन जियोन घोषित हुँदै नगद १० हजार पाए । एभिनियरले उपाधिका लागि शनिवार काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापासँग खेल्नेछ ।
पहिलो सेमिफाइनलमा युकेएफसी भारतलाई ३–१ गोल अन्तरले पराजित गर्दै काँकडभिट्टाले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।
प्रतियोगिताको बिजेताले १० लाख र उपविजेताले ५ लाख रुपैया पाउनेछन् ।











-1770830065585.jpeg&w=3840&q=75)




-1770799852128.png&w=3840&q=75)