सातदोबाटोलाई रोयल ब्लुको मुख्य प्रायोजन

काठमाडौं । सातदोबाटो युथ क्लबले रोयल ब्लुसँग मुख्य प्रयोजकको रुपमा सम्झौता गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सातदोबाटोले रोयल ब्लुलाई मुख्य प्रायोजकको रुपमा सार्वजनीक गरेको हो ।
सातदोबाटो युथ क्लबका अध्यक्ष कपिल राना मगर र सागर डिस्टिलरीका हेड अफ ब्राण्ड रितिक शाहीले सम्झौता पत्रमा हस्ताक्षर गरे । ए डिभिजन लिग खेल्ने तयारीमा रहेको सातदोबाटोले क्लबको मुख्य प्रायोजकको रुपमा रोयल ब्लुसँग सम्झौता गरेको हो ।
सम्झौताको अवधि एक वर्षको रहेको बताईएको छ । मुख्य प्रायोजकको रुपमा रोयल ब्लुलाई क्लबको जर्सी, खेल मैदान, क्लबका समाजिक कार्यक्रम र विभिन्न प्रचारात्मक कार्यक्रममा स्थान दिने क्लबका अध्यक्ष मगरले बताए । रोयल ब्राण्डको प्रचारात्मक कार्यक्रममा समेत क्लब सहभागी हुने उनले उल्लेख गरे ।
गत वर्ष ए डिभिजनमा बढुवा भएको सातदोबाटोले लिगमा उत्कृष्ट नतिजा निकाल्दै शीर्ष चारमा परेको हो । यस वर्षसमेत अघिल्लो सिजनको नतिजा सुधार गर्ने क्लबले लक्ष्य राखेको छ ।
क्लबका महासचिव सुनिल विष्टले मुख्य प्रायोजकसँगको सम्झौताले आसन्न ए डिभिजन लिगमा क्लबलाई हौसला मिलेको बताए । उनले यस वर्षको लिगमा उत्कृष्ट नतिजा निकाल्ने लक्ष्य राखेको उल्लेख गरे ।











-1770830065585.jpeg&w=3840&q=75)




-1770799852128.png&w=3840&q=75)