काठमाडौं । यूएईमा जारी आईसीसी विश्वकप लिग टू अन्तर्गतको यूएई त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोली यूएईलाई जितको लागि २ सय ८ रनको लक्ष्य दिएको छ ।
२ सय ८ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरिरहेको नेपालले खराब सुरुआत गरेको छ । ४ ओभरको खेल सकिदा नेपालले ३ विकेट गुमाएर २७ रन बनाएको छ ।
नेपालका ओपनर कुशल भुर्तेल ५ रनमा आउट हुँदा ज्ञानेन्द्र मल्ल र कप्तान रोहित पौडेल शुन्य शुन्य रनमा आउट भए।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा नेपालले २ सय ८ रनको लक्ष्य दिएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७ रन बनायो ।
यूएईका लागि ओपनर आसिफ खानले ९९ बलमा ७२ रन बनाए । उनले ५ चौका र ३ छक्का प्रहार गरे ।
रोहन मुस्ताफले ७६ बलमा अविजित ५२ रनको अर्धशतकीय ईनिङ खेल्दा आर्यन लाक्राले २८ रन बनाए । कप्तान सीपी रिजवानले २२ तथा वृत्य अरबिन्द १८ रनमा आउट हुँदा ।
ओपनर मुहम्मद वासिमलाई शुन्य रनमा पहिलो ओभरमा नै आउट भएका थिए ।
नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा २७ रन खर्चिएर ३ विकेट लिए । करण केसी,कुशल मल्ल र आरिफ शेखको नाममा समान १र१ विकेट रह्यो ।
नेपालको लागि पहिलो ओभरमा करण केसीले मुहम्मद वासिमलाई बोल्ड आउट गरेका हुन् ।
यस सिरिजमा दुवै टोलीको यो दोस्रो खेल हो । पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीलाई पराजित गरेको थियो ।
यूएई भने पपुवा न्यु गिनीसँग पराजित भएको थियो ।
ईतिहास हेर्ने हो भने नेपालभन्दा यूएई बलियो देखिएपनि अहिलेको स्थितीमा नेपाल लगातार जित हात पारी रहेको छ । उता, यूएई भने खराब लयमा रहेको छ ।
लगातार पाँच एकदिवसीय अन्तराष्ट्रियमा अपराजित रहेको नेपाल जितलाई निरन्तरता दिन चाहान्छ ।
पीएनजीमा आयोजना हुनुपर्ने यो सिरिज मैदानको अवस्थाको कारण यूएईमा सारिएको थियो ।
२०१९ देखि जारी रहेको विश्वकप लिग टूको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज पनि हो ।