भारतीय डिफेन्डर खुमलटारमा
बिहिबार, १८ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिगको नवप्रवेशी क्लब एफसी खुमलटारले भारतीय डिफेन्डर सन्विल डी कोस्टालाई अनुबन्ध गरेको छ ।
खुमलटारले बिहीबार दक्षिण एसियाली कोटामा डिफेन्डर कोस्टालाई अनुबन्ध गरिएको जनाएको छ ।
राजस्थान युनाईटेड एफसीबाट खुमलटारले कोस्टालाई अनुबन्ध गरेको हो ।
खुमलटारले उनलाई एक सिजनका लागि अनुबन्ध गरेको हो ।
नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।
खुमलटारले पहिलो पटक शीर्ष डिभिजन लिग खेल्न लागेको हो ।
खुमलटार 'बी' डिभिजन लिगको उपविजेता बन्दै शीर्ष डिभिजनमा उक्लिएको हो ।
भारतीय डिफेन्डर खुमलटारमा











-1770830065585.jpeg&w=3840&q=75)




-1770799852128.png&w=3840&q=75)