युनाईटेड क्वाटरफाइनलमा

काठमाडौं । म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको खेलमा वेस्ट ह्यामलाई ३-१ गोल अन्तरले हराउँदै युनाईटेड क्वाटरफाइनलमा पुगेको हो ।
खेलको ५४ औं मिनेटमा सेड बेन्रह्माले गोल गर्दै वेस्ट ह्यामलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ७७ औं मिनेटमा वेस्ट ह्यामका नाएफ अगुएर्डले आत्मघाती गोल गरेपछि युनाईटेड खेलमा फर्कियो ।
खेलको ९० औं मिनेटमा एलेजान्द्रो गर्नाचोले गोल गर्दै युनाईटेडलाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा फ्रेडले गोल गर्दै युनाईटेडलाई ३-१ को जित दिलाए ।
अब युनाईटेडले क्वाटरफाइनलमा फुलहमको सामना गर्नेछ ।
टोटेनहम र साउथह्याम्पटन भने प्रतियोगिताबाट बाहिरिएको छ ।
टोटेनहमलाई सेफिल्ड युनाईटेडले १-० ले पराजित गर्यो ।
साउथह्याम्पटन भने ग्रिम्सबी टाउनसँग २-१ ले पराजित भयो ।
बर्नलीले फ्लिटउड टाउनलाई १-० ले हराएर क्वाटरफाइनलमा स्थान पक्का गरेको छ ।











-1770830065585.jpeg&w=3840&q=75)




-1770799852128.png&w=3840&q=75)