लिभरपुलको सहज जित
बिहिबार, १८ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।
बुधबार राति भएको खेलमा लिभरपुलले उल्भ्सलाई २-० गोल अन्तरले हराएको हो ।
लिभरपुलको जितमा भिर्गिल भान डाइक र मोहमद सलाहले एक एक गोल गरे ।
खेलको ७३ औं मिनेटमा डाइकले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ७७ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए ।
जितसँगै लिभरपुलले २४ खेलमा ३९ अंक जोडेको छ ।
लिभरपुल छैटौं स्थानमा उक्लिएको छ ।
उल्भ्स २४ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।
लिभरपुलको सहज जित











-1770830065585.jpeg&w=3840&q=75)




-1770799852128.png&w=3840&q=75)