आर्सनललाई पाँच अंकको अग्रता
बिहिबार, १८ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले सहज जित निकालेको छ ।
बुधबार राति भएको खेलमा आर्सनलले एभर्टनलाई ४-० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा खेलको ४० औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए ।
पहिलो हाफको इन्जुरी समयमा गाब्रिएल मार्टिनेलीले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए ।
खेलको ७१ औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई ३-० को अग्रता दिलाए ।
त्यसपछि ८० औं मिनेटमा गाब्रिएलले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ४-० को जित दिलाए ।
जितसँगै आर्सनलले शीर्ष स्थानमा ५ अंकको अग्रता बनाएको छ ।
आर्सनलले २५ खेलमा ६० अंक जोडेको छ ।
एभर्टन २१ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।
आर्सनललाई पाँच अंकको अग्रता











-1770830065585.jpeg&w=3840&q=75)




-1770799852128.png&w=3840&q=75)