मछिन्द्रका देवेन्द्र सर्वोत्कृष्ट
बुधबार, १७ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । मछिन्द्र फुटबल क्लबका डिफेन्डर देवेन्द्र तामाङ केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
मछिन्द्रलाई प्रतियोगिताको उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका देवेन्द्र सर्वोत्कृष्ट चुनिएका हुन् । उनले नगद १ लाख रुपैयाँ प्राप्त गरे ।
दशरथ रंगशालामा बुधबार भएको फाइनलमा सातदोबाटो युथ क्लबलाई पेनाल्टी सुटआउटमा ५-३ गोल अन्तरले हराउँदै मछिन्द्र च्याम्पियन बनेको हो ।
मछिन्द्रकै विशाल श्रेष्ठ उत्कृष्ट गोलकिपर चुनिए । सातदोबाटोका दीपेनराज सिंह सर्वाधिक गोलकर्ता र सातदोबाटोका निरज चौधरी उदयीमान खेलाडी घोषित भए । उनीहरुले समान ५० हजार रुपैयाँ प्राप्त गरे ।
मछिन्द्रका देवेन्द्र सर्वोत्कृष्ट











-1770830065585.jpeg&w=3840&q=75)




-1770799852128.png&w=3840&q=75)