राष्ट्रिय महिला लिगको दोस्रो चरण नहुने, एपीएफ विजेता

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरण नहुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को बुधबार बसेको कार्यसमिति बैठकले दोस्रो चरणको लिग आयोजना नगर्ने निर्णय गरेको हो ।
लिगको पहिलो चरण चितवनको भरतपुरमा भएको थियो । दोस्रो चरण विराटनगरमा एन्फाले गर्ने निर्णय गरेको थियो ।
तर, बुधबारको बैठकले दोस्रो चरणको खेल नगर्ने निर्णय गर्दै पहिलो चरणको आधारमा विजेता, उपविजेता र तेस्रो स्थान हासिल गर्ने टोली छुट्टाउने निर्णय गरेको हो ।
पहिलो चरणको खेल सकिदा एपीएफ शीर्ष स्थानमा रहेको थियो । एपीएफले ७ खेलमा २१ अंक जोडेको थियो ।
नेपाल पुलिस क्लब ७ खेलमा १५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।
यस्तै १५ अंक जोडेको त्रिभुवन आर्मी तेस्रो स्थानमा रहेको थियो ।
पहिलो चरण अनुसार एपीएफ विजेता, पुलिस उपविजेता र आर्मीले तेस्रो स्थान हासिल गरेको छ ।
एपीएफले ७ लाख, पुलिसले ५ लाख र आर्मीले ३ लाख प्राप्त गरेको छ ।










-1770830065585.jpeg&w=3840&q=75)




-1770799852128.png&w=3840&q=75)
