केएफटिसी बुढासुब्बा गोल्डकपको पहिलो पटक फाइनलमा

इलाम । काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) झापा २३ औ संस्करणको बुढासुब्बा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
धरान रंगशालामा जारी प्रतियोगितको पहिलो सेमिफाइनल खेलमा युकेएफसी भारतलाई ३–१ गोल अन्तरले पराजित गर्दै काँकडभिट्टाले फाइनलमा स्थान सुरक्षित गरेको हो ।
काँकडभिट्टा पहिलो पटक धरानमा फाइनल प्रवेश गरेको हो । यसअघिका संस्करणमा केएफटिसी पहिलो खेलबाटै बाहिरिदै आएको थियो । जितसंगै केएफटिसीले नगद ५ लाख रुपैया सुरक्षित गरेको छ । काँकडभिट्टाको जितमा सुशील राई, निशान लिम्बु र विदेशी खेलाडी यामीले एक एक गोल गरे ।
युकेएफसीका हेमराज भुजेलले १ गोल फर्काए । केएफटिसीले ४ संस्करणको विजेता नेपाली पुलिसलाई हराउँदै सेमीफाइनलमा स्थान बनाएको थियो । युकेएफसीले आयोजक धरान फुटबल क्लबलाई हराएको हो ।
काँकडभिट्टाले अब उपाधिका लागि एभिनियर फुटबल क्लब क्यामरुन र एन्फा मोरङ बिचको दोस्रो सेमिफाइनल विजेता सँग खेल्नेछ ।
प्रतियोगितामा विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउने छन् ।













%20(1)-1763645320295.jpeg&w=3840&q=75)
