'ए' डिभिजन लिगको टिकेटिङ पार्टनर इसेवा
बुधबार, फागुन १७, २०७९खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिगको टिकेटिङ पार्टनरको रुपमा इसेवा जोडिएको छ ।
लिगको मार्केटिङ, ब्रोडकास्टिङ र टिकेटिङको जिम्मा पाएको एमडीएसी स्पोर्ट्सले टिकेटिङ पार्टनरको रुपमा इसेवासँग सम्झौता गरेको छ ।
सम्झौतासँगै दर्शकले फागुन १९ गतेदेखि सुरु हुने ए डिभिजन लिगको टिकट इसेवामार्फत अनलाईन खरिद गर्न सक्नेछन्।
दर्शकले इसेवाको एप डाउनलोड गरि वा इसेवाको वेबसाइटबाट सामान्य पाराफिटतर्फको १०० र भीआईपी पाराफिटतर्फ रु ३०० रुपैयाँमा टिकट खरिद गर्न सक्नेछन् ।
दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स सातदोबाटो गरि ३ वटा रंगशालामा हुने १८२ खेलको सबै टिकट इसेवामा उपलब्ध हुनेछ ।
'ए' डिभिजन लिगको टिकेटिङ पार्टनर इसेवा













%20(1)-1763645320295.jpeg&w=3840&q=75)
