टोनीद्वारा बेटीङको नियम तोडेको स्वीकार
बुधबार, फागुन १७, २०७९खेलपाटी संवाददाता

काठमाडौं । प्रिमियर लिग क्लब ब्रेन्टफोर्डका स्ट्राइकर इभान टोनीले इंग्ल्यान्ड एफएको सट्टेबाजी (बेटीङ) को नियम तोडेको स्वीकार गरेका छन् ।
बेटीङ नियम स्वीकार गरेसँगै टोनीले लामो प्रतिबन्धको सामना गर्नुपर्ने भएको छ ।
टोनीमाथि नोभेम्बरमा २ सय ३२ र डिसेम्बरमा थप ३० वटा नियम तोडेको आरोप लागेको छ ।
एफएको नियम अनुसार खेलाडीहरूलाई खेलहरूमा सट्टेबाजी गर्न वा सट्टेबाजी प्रस्तावको जानकारी साझेदारी गर्न प्रतिबन्ध छ ।
टोनीले २०१७ को फेब्रुअरी २५ देखि २३ जनवरी २०२१ को बीचमा एफएको नियम तोडेका थिए । त्यस अवधिमा टोनीले स्कन्थोर्प युनाइटेड, विगन एथलेटिक, पिटरबरो युनाइटेड र ब्रेन्टफोर्डबाट खेलेका छन् ।
टोनीले यस सिजन प्रिमियर लिगका २१ खेलमा १४ गोल गरेका छन् ।
टोनीद्वारा बेटीङको नियम तोडेको स्वीकार











%20(1)-1763645320295.jpeg&w=3840&q=75)

