युभेन्ट्सको सहज जित

काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले सहज जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा युभेन्ट्सले टोरिनोलाई ४-२ गोल अन्तरले हराएको हो ।
खेलको दोस्रो मिनेटमा यान कारामोहले गोल गर्दै टोरिनोलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको १६ औं मिनेटमा जुआन काउड्राडोले गोल गर्दै युभेन्ट्सलाई १-१ गोलको बराबरीमा ल्याए ।
४३ औं मिनेटमा एन्टोनियो सानाब्रियाले गोल गर्दै टोरिनोलाई २-१ को अग्रता दिलाए ।
पहिलो हाफको इन्जुरी समयमा डानिलोले गोल गर्दै युभेन्ट्सलाई २-२ को बराबरीमा ल्याए ।
खेलको ७१ औं मिनेटमा ग्लेइसन ब्रेमेरले गोल गर्दा युभेन्ट्स ३-२ ले अघि रह्यो ।
त्यसपछि खेलको ८० औं मिनेटमा एड्रिन राबिओटले गोल गर्दै युभेन्ट्सलाई ४-२ को जित दिलाए ।
जितसँगै युभेन्ट्सले २४ खेलमा ३५ अंक जोडेको छ ।
युभेन्ट्स सातौं स्थानमा उक्लिएको छ ।
टोरिनो ३१ अंक जोडेर नवौं स्थानमा रहेको छ ।











%20(1)-1763645320295.jpeg&w=3840&q=75)

