ब्लाकबर्नसँग लेस्टर पराजित
बुधबार, १७ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । प्रिमियर लिग लेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणबाट बाहिरिएको छ ।
मंगलबार राति च्याम्पियनसिप क्लब ब्लाकबर्न रोभर्ससँग २-१ ले पराजित हुँदै लेस्टर बाहिरिएको हो ।
लेस्टर घरेलु मैदानमै पराजित हुँदै बाहिरिएको हो ।
खेलको ३३ औं मिनेटमा डोलनले गोल गर्दै ब्लाकबर्नलाई सुरुआती अग्रता दिलाएका थिए ।
सामी स्ज्मोडिक्सले ५२ औं मिनेटमा गोल गर्दै टिमको अग्रता दोब्बर बनाए ।
त्यसपछि खेलको ६७ औं मिनेटमा केलिची इहानाचोले गोल गरेपनि लेस्टर २-१ ले पराजित भयो ।
ब्लाकबर्नसँग लेस्टर पराजित










-1770830065585.jpeg&w=3840&q=75)




-1770799852128.png&w=3840&q=75)
