रातो बंगला र जेभियरलाई उपाधि
मंगलबार, फागुन १६, २०७९खेलपाटी संवाददाता
1677599009.jpg&w=3840&q=75)
काठमाडौं । रातो बंगला र जेभियर इन्टरनेसनल कलेजले १० औं बर्नहार्ट कप प्लस टु अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् ।
रातो बंगला ब्वाइज तथा जेभियर गर्ल्समा च्याम्पियन बनेका हुन् ।
बल्खुस्थित आयोजक बर्नहार्ट कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा रातो बंगलाले टाइम्सलाई ४३–४१ ले पराजित गर्यो । रातो बंगलाका रेवत सोनाम गुरुङले ११ अंक जोडे ।
गर्ल्सको फाइनलमा जेभियरले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई ३०–१६ ले हरायो । जेभियरका कृति चौधरी र सुभाना अधिकारीले समान ६–६ स्कोर गरे ।
ब्वाइजमा रातो बंगलाका रेवत सोनाम गुरुङ तथा गर्ल्समा जेभियरकी कृति चौधरी ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
विजेतालाई बर्नहार्टका अध्यक्ष भुपेश चत्कुली, प्रबन्ध निर्देशक नवराज अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।
रातो बंगला र जेभियरलाई उपाधि







-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)

