मछिन्द्रलाई हराउँदै आर्मीलाई भद्रपुर झापा गोल्डकपको उपाधि

इलाम । गोलकिपर समित श्रेष्ठ नायक बन्दा विभागीय टोली त्रिभुवन आर्मी क्लबले भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ ।
मेची रंगशालामा मंगलबार भएको फाइनलमा मछिन्द्र फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले हराउँदै आर्मी च्याम्पियन बनेको हो ।
खेलको निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।
आर्मीलाई उपाधि दिलाउन गोलकिपर समितले मछिन्द्रको २ प्रहार बचाएका थिए ।
पेनाल्टीमा आर्मीका जितेन्द्र कार्की, सन्तोष केसी, प्रज्वल गुरुङ र सुसान्त चौधरीले गोल गरे ।
सेसेहाङ आङ्देम्बेको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले बचाए ।
मछिन्द्रका दिवाकर चौधरी, सुजल श्रेष्ठ र दिपेश घलेले गोल गरे । रंजित धिमाल र देवेन्द्र तामाङको प्रहार आर्मीका गोलकिपर समितले बचाए ।
उपाधिसँगै आर्मीले १३ लाख नगद प्राप्त गरेको छ ।
उपविजेता बनेको मछिन्द्रले ७ लाखमा चित्त बुझाएको छ ।
बेष्ट प्लेयर अफ दि फाइनल र बेष्ट किपर आर्मीका समित श्रेष्ठ घोषित भए । उनले नगद ४५ हजार प्राप्त गरे । राइजिङ प्लेयर अफ दि टुर्नामेन्ट मछिन्द्रका शौरभ लिम्बु घोषित भए ।
सर्वाधिक गोलकर्ता चर्च व्वाइजका आशिष चौधरी र मछिन्द्रका सुजल श्रेष्ठ घोषित भए । बेष्ट कोच आर्मीका राजु तामाङ घोषित भए । उनीहरुले जनही २५ हजार प्राप्त गरे ।
बेष्ट प्लेयर अफ दि टुर्नामेन्ट मछिन्द्रका कप्तान सुजल श्रेष्ठ घोषित भए । उनले नगद १ लाख रुपैया प्राप्त गरे ।











%20(1)-1763645320295.jpeg&w=3840&q=75)

