ओलम्पिक छनोट खेल्ने प्रारम्भिक महिला टिम घोषणा

काठमाडौं । पेरिस ओलम्पिकका लागि महिला फुटबलको एसिया छनोटको पहिलो चरण खेल्ने नेपालको प्रारम्भिक टिम घोषणा भएको छ ।
राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक अनन्त राज थापाले सोमबार ३५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका हुन्।
टिमको बन्द प्रशिक्षण शुक्रबारबाट एन्फा कम्प्लेक्समा सुरु हुनेछ ।
नेपाल छनोटको समूह 'सी' मा रहेको छ । समूह 'सी' को छनोट नेपालमा आयोजना हुनेछ ।
समूह 'सी' मा नेपालसँगै भियतनाम र अफगानिस्तान रहेको छ । यस समूहबाट प्यालेस्टाइनले भने नाम फिर्ता लिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले अप्रिल ८ मा अफगानिस्तानसँग खेल्नेछ । यस्तै अप्रिल ११ मा भियतनामसँग खेल्नेछ ।
प्रारम्भिक टोली -
एन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, विमला विक, सपना राई, अमृता जैशी, हिरा कुमारी भुजेल, निशा थोकर, समीक्षा घिमिरे, प्रीति राई, अनिता बस्नेत, अनिता केसी, विमला चौधरी, दिपा शाही, सरु लिम्बु,अमृता जैशी, विमला चौधरी, सविता राना मगर, निर्मला विक, सावित्रा भण्डारी, अमिषा कार्की, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, रजनी थोकर, पूजा राना, दीपा न्यौपाने, सरस्वती ऐयर, सरस्वती हमाल, अन्चली वाइबा, सिर्जना चेम्जोङ, गंगा गुरुङ, मन्जली कुमारी योन्जन, चन्द्रा भण्डारी, प्रतिक्षा चौधरी, मेनुका आले मगर, सारा बज्राचार्य











%20(1)-1763645320295.jpeg&w=3840&q=75)

