सीसीआरसी र जेभियरलाई उपाधि
सोमबार, फागुन १५, २०७९खेलपाटी संवाददाता
1677501904.jpg&w=3840&q=75)
काठमाडौं । सीसीआरसी र जेभियरले छैटौं हिसान खेलकुद सप्ताहअन्तर्गत बास्केटबल उपाधि सोमबार जितेका छन् । सीसीआरसी ब्वाइज तथा जेभियर गर्ल्समा च्याम्पियन बने ।
सीसीआरसीले हिमालयन ह्वाइटहाउसलाई ६१–४६ ले पराजित गर्यो । सीसीआरसीका समिप खत्रीले ३२ अंक जोडे । गर्ल्सको उपाधि भिडन्तमा जेभियरले साइपाल एकेडेमीलाई २४–१७ ले हरायो । जेभियरकी श्रृष्टि राईले १० अंक जोडिन् ।
ब्वाइजमा सीसीआरसी समिप र गल्र्समा जेभियरकी कृति चौधरी ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य–सचिव रमेश सिलवाल, हिसानका केन्द्रीय सह–कोषाध्यक्ष नरेन्द्र अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
बास्केटबलको प्रतिस्पर्धासंगै खेलकुद सप्ताह सम्पन्न भएको छ । खेलकुद सप्ताहमा बास्केटबलसहित भलिबल, फुटसल र टग अफ वारमा प्रतिस्पर्धा भएको थियो ।
सीसीआरसी र जेभियरलाई उपाधि







-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)

