मिलानको सहज जित
सोमबार, १५ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । इटालियन सिरी ए फुटबलमा एसी मिलानले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा मिलानले एट्लान्टालाई २-० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा खेलको २५ औं मिनेटमा जान मुस्सोले आत्मघाती गोल गरेपछि मिलानले सुरुआती अग्रता लिएको थियो ।
त्यसपछि खेलको ८६ औं मिनेटमा जुनियर मेस्सियासले गोल गर्दै मिलानलाई २-० को जित दिलाए ।
जितसँगै मिलानले २४ खेलमा ४७ अंक जोडेको छ ।
मिलान तेस्रो स्थानमा रहेको छ ।
एट्लान्टा ४१ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
मिलानको सहज जित









-1770830065585.jpeg&w=3840&q=75)




-1770799852128.png&w=3840&q=75)
