बायर्न शीर्ष स्थानमा
आइतबार, फागुन १४, २०७९खेलपाटी संवाददाता

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा बायर्नले युनियन बर्लिनलाई ३-० ले हराएको हो ।
खेलको ३१ औं मिनेटमा एरिक म्याक्सिम मोटीङले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ४० औं मिनेटमा किङस्ले कोम्यानले गोल गर्दै बायर्नको अग्रता २-० को बनाए ।
त्यसपछि पहिलो हाफको इन्जुरी समयमा जमल मुसिआलाले गोल गर्दै बायर्नलाई ३-० को जित दिलाए ।
यस जितसँगै बायर्न अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
बायर्नले २२ खेलमा ४६ अंक जोडेको छ ।
बर्लिन ४३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
बायर्न शीर्ष स्थानमा











%20(1)-1763645320295.jpeg&w=3840&q=75)

