लिग लिडर बार्सिलोना पराजित
आइतबार, फागुन १४, २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोना पराजित भएको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोनालाई अल्मेरियाले १-० गोल अन्तरले हराएको हो ।
अल्मेरियालाई जित दिलाउन एल बिलाल टुरेले निर्णायक गोल गरे ।
बिलालले खेलको २४ औं मिनेटमा गरेको गोल निर्णायक बनेको हो ।
यस जितसँगै अल्मेरियाले २३ खेलमा २५ अंक जोडेको छ ।
अल्मेरिया १५ औं स्थानमा उक्लिएको छ ।
बार्सिलोना ५९ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ ।
लिग लिडर बार्सिलोना पराजित











%20(1)-1763645320295.jpeg&w=3840&q=75)

