युनाईटेडलाई ६ वर्षपछि उपाधि
आइतबार, १४ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । म्यानचेस्टर युनाईटेडले काराबाओ कप फुटबलको उपाधि जितेको छ ।
वेम्बलीमा आइतबार राति न्युकासल युनाईटेडलाई २-० गोल अन्तरले हराउँदै युनाईटेडले उपाधि चुमेको हो ।
खेलको ३३ औं मिनेटमा कासिमिरोले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ३९ औं मिनेटमा सेभेन बोटम्यानले आत्मघाती गोल गर्दा युनाईटेड २-० ले विजयी भयो ।
यससँगै युनाईटेडले ६ वर्षपछि पहिलो उपाधि जितेको छ ।
एरिक टेन हानको नेतृत्वमा युनाईटेडले २०१७ पछि पहिलो उपाधि जितेको हो ।
युनाईटेडले २०१७ मा जोसे मोरिन्होको नेतृत्वमा युरोपा लिग जितेको थियो ।
युनाईटेडले छैटौं पटक कारबाओ कपको उपाधि जितेको हो ।
युनाईटेडलाई ६ वर्षपछि उपाधि









-1770830065585.jpeg&w=3840&q=75)




-1770799852128.png&w=3840&q=75)
