जेभियर र साइपाल फाइनलमा
आइतबार, फागुन १४, २०७९खेलपाटी संवाददाता

काठमाडौं । जेभियर इन्टरनेसनल कलेज र साइपाल एकेडेमी छैटौं हिसान खेलकुद सप्ताहअन्तर्गत गल्र्स बास्केटबलमा आइतबार फाइनलमा प्रवेश गरेका छन् ।
जेभियरले ह्वाइटहाउसलाई ३१–१६ ले पराजित गर्यो । जेभियरको जितमा कृति चौधरी र पासी शेर्पाले समान ६–६ अंक योगदान गरे । अनिता सुनुवारको १२ अंक सहयोगमा साइपालले रिलायन्सलाई २७–६ ले हरायो ।
ब्वाइज बास्केटबलमा सीसीआरसी र हिमालयन ह्वाइटहाउसले उपाधि भिडन्त पक्का गरे । सीसीआरसीले नवोदितलाई ६१–४८ ले पाखा लगायो ।
सीसीआरसीका समिप क्षेत्री र प्रनिश तिमल्सिनाले समान १६–१६ अंक जोडे । ह्वाइटहाउसले गोल्डेनगेटलाई ५२–२१ ले पन्छायो । विजेताका रोहन मगरले १३ अंक जोडे ।
जेभियर र साइपाल फाइनलमा







-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)

