टोटेनहमले चेल्सीलाई हरायो
आइतबार, १४ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले चेल्सीलाई पराजित गरेको छ ।
आइतबार राति भएको खेलमा टोटेनहमले चेल्सीलाई २-० गोल अन्तरले हराएको हो ।
टोटेनहमको जितमा ओलिभर स्किप र ह्यारी केनले एक एक गोल गरे ।
खेलको ४६ औं मिनेटमा ओलिभरले गोल गर्दै टोटेनहमलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ८२ औं मिनेटमा केनले गोल गर्दै टोटेनहमको जित पक्का गरे ।
जितसँगै टोटेनहमले २५ खेलमा ४५ अंक जोडेको छ ।
टोटेनहम चौंथो स्थानमा रहेको छ ।
चेल्सी ३१ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
टोटेनहमले चेल्सीलाई हरायो









-1770830065585.jpeg&w=3840&q=75)




-1770799852128.png&w=3840&q=75)
