हिमालयन ह्वाइट हाउसलाई उपाधि
आइतबार, फागुन १४, २०७९खेलपाटी संवाददाता

काठमाडौं । पुर्वान्चल विश्वविद्यालय अखिल कप फुटबलको उपाधि हिमालयन ह्वाइट हाउस (सिविल समूह) ले जितेको छ।
फाइनलमा आयोजक अनेरास्वब्यु राष्ट्रिय कमिटी टिमलाई पेनाल्टी सुटआउटमा हराउँदै ह्वाइट हाउसले उपाधि उचालेको हो ।
खेलको निर्धारित समय २-२ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी कान्तिपुर सिटी कलेजका राजन शाही, उत्कृष्ट गोलकिपर हिमालयनका अबिर बस्नेत र सर्वाधिक गोलकर्ता हिमालयनका सौगात अर्याल घोषित भए ।
प्रतियोगितामा कुल १२ कलेजको सहभागिता रहेको थियो ।
हिमालयन ह्वाइट हाउसलाई उपाधि











%20(1)-1763645320295.jpeg&w=3840&q=75)

