सुजल चम्किदा मछिन्द्र फाइनलमा

इलाम । कप्तान सुजल श्रेष्ठ निर्णायक बन्दा मछिन्द्र फुटबल क्लब भद्रपुर झापा गोल्डकपको फाइनल प्रवेश गरेको छ ।
मेची रंगशालामा जारी प्रतियोगितामा एपीएफविरुद्ध १७ औं मिनेटमा सुजलले गरेको एक मात्र उपाधि होड प्रवेशको निर्णायक बन्यो ।
डिबक्सभित्र आन्द्रेस नियाको चलाखीपूर्ण पासलाई सदुपयोग गर्दै श्रेष्ठले जाली चुमाएका थिए । फाइनल प्रवेशसंगै मछिन्द्रले कम्तीमा ७ लाख रुपैया सुरक्षित गरेको छ ।
अब मछिन्द्रले उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मीसँग मंगलबार भिड्नेछ । आइतबारको खेलको प्लेयर अफ द म्याच मछिन्द्रका सुजल श्रेष्ठ घोषित भए । उनले नगद २० हजार पुरस्कार पाए ।

फागुन ७ गतेदेखि सुरु भएको गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने छन् ।
उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई २५ हजार दिइने छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ दिइने जनाइएको छ ।











%20(1)-1763645320295.jpeg&w=3840&q=75)

