नयाँ बस्तीमा आठ खेलाडी अनुबन्ध
आइतबार, फागुन १४, २०७९खेलपाटी संवाददाता

काठमाडौं । नयाँ बस्ती युवा क्लबले सहिद स्मारक 'बी' डिभिजन लिगका लागि आठ खेलाडी अनुबन्ध गरेको छ ।
नयाँ बस्तीले सोमबार पाँच खेलाडी अनुबन्ध गरिएको जनाएको छ ।
अघिल्लो बर्ष खुमलटार क्लबलाई 'ए' डिभिजन पुराउन महत्त्वपूर्ण भुमिका खेलेका रेवत राम भण्डारी तथा टुसाल क्लबका कप्तान रहेका श्री कृष्ण तामाङले यो बर्ष नयाँ बस्ती युवा क्लबबाट खेल्ने भएका छन।
त्यसै गरि युवा खेलाडीहरु सन्दिप सासकर,सुसान राई ,असिम लिम्बु,शिव प्रसाद चौलागाईं,जमिन लक्सम र किपरमा योगेश धिमाललाई अनुबन्ध गरेको छ।
नयाँ सिजनको 'बी' डिभिजन लिग नजिकिदै गर्दा नयाँ बस्तीले खेलाडी अनुबन्ध गरेको हो ।
नयाँ सिजनको 'बी' डिभिजन लिग चैत १५ गतेबाट सुरु हुँदैछ ।
त्यस्तै चैत ७ गतेसम्म क्लबले कम्तिमा २० खेलाडीको नाम दर्ता गर्नु पर्नेछ ।
नयाँ बस्तीमा आठ खेलाडी अनुबन्ध











%20(1)-1763645320295.jpeg&w=3840&q=75)

