नापोलीलाई १८ अंकको अग्रता
आइतबार, फागुन १४, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको नापोलीले जितलाई निरन्तरता दिएको छ ।
शनिबार राति भएको खेलमा नापोलीले इम्पोलीलाई २-० गोल अन्तरले हराएको हो ।
खेलको १७ औं मिनेटमा इम्पोलीका एड्रिन इस्माज्लीले आत्मघाती गोल गरेपछि नापोलीले सुरुआती अग्रता बनाएको थियो।
त्यसपछि खेलको २८ औं मिनेटमा भिक्टर ओसिमहेनले गोल गर्दै नापोलीलाई २-० को जित दिलाए ।
खेलको ६७ औं मिनेटमा मारियो रुईले रातो कार्ड पाएपछि नापोली १० खेलाडीमा समेटिएको थियो ।
यस जितसँगै नापोलीले उपाधि होड बलियो बनाएको छ ।
नापोलीले शीर्ष स्थानमा १८ अंकको अग्रता समेत बनाएको छ ।
नापोलीले २४ खेलमा ६५ अंक जोडेको छ ।
इम्पोली २८ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
नापोलीलाई १८ अंकको अग्रता









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



