लिभरपुल बराबरीमा रोकियो
आइतबार, फागुन १४, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल बराबरीमा रोकिएको छ ।
शनिबार राति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेससँग गोलरहित बराबरी खेलेको हो ।
क्रिस्टलको मैदानमा बल पोसेसनमा पकड जमाएपनि गोल गर्न नसक्दा लिभरपुलले अंक बाड्नु परेको हो ।
यस बराबरीसँगै लिभरपुलले २३ खेलमा ३६ अंक जोडेको छ ।
लिभरपुल सातौं स्थानमा रहेको छ ।
क्रिस्टल २७ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै वेस्ट ह्यामले नटिङघम फरेस्टलाई ४-० ले हराएको छ ।
लिड्सले साउथह्याम्पटनलाई १-० ले हराएको छ ।
त्यस्तै एस्टन भिल्लाले एभर्टनलाई २-० ले हराएको छ ।
लिभरपुल बराबरीमा रोकियो









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



