हारबाट जोगियो रियल
आइतबार, १४ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले घरेलु मैदानमा बराबरी खेलेको छ ।
रियलले शनिबार राति मड्रिड डर्बीमा एट्लेटिको मड्रिडसँग १-१ गोलको बराबरी खेलेको हो ।
प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता एट्लेटिकोले बनाएको थियो ।
७८ औं मिनेटमा जोसे मारिया जिमिनेजले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए ।
खेलको ६४ औं मिनेटमा एन्जल कोर्रेयाले रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडीमा समेटियो ।
त्यसपछि खेलको ८५ औं मिनेटमा अल्भारो रोड्रिगेजले गोल गर्दै रियललाई १-१ गोलको बराबरीमा फर्काएर हारबाट जोगाए ।
यस बराबरीसँगै रियलले २३ खेलमा ५२ अंक जोडेको छ ।
रियल दोस्रो स्थानमा रहेको छ ।
एट्लेटिको ४२ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
हारबाट जोगियो रियल









-1770830065585.jpeg&w=3840&q=75)




-1770799852128.png&w=3840&q=75)
