नसरको जितमा रोनाल्डोको ह्याट्रिक
आइतबार, फागुन १४, २०७९खेलपाटी संवाददाता

काठमाडौं । साउदी प्रो लिग फुटबलमा क्रिस्टियानो रोनाल्डो आबद्द अल नसरले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा नसरले डामाकलाई ३-० गोल अन्तरले हराएको हो ।
अल नसरको जितमा रोनाल्डोले ह्याट्रिक गोल गरे ।
खेलको १८ औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।
२३ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरे ।
त्यसपछि खेलको ४४ औं मिनेटमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा नसरले ३-० को जित निकाल्यो ।
नसरका लागि रोनाल्डोको यो दोस्रो ह्याट्रिक हो ।
जितसँगै नसर शीर्ष स्थानमा उक्लिएको छ ।
नसरले १८ खेलमा ४३ अंक जोडेको छ ।
डामाक २२ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
नसरको जितमा रोनाल्डोको ह्याट्रिक









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



