सिटीको सहज जित
आइतबार, फागुन १४, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा सिटीले बर्नेमाउथलाई ४-१ गोल अन्तरले हराएको हो ।
खेलको १५ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको २९ औं मिनेटमा अर्लिङ हालाण्डले गोल गर्दा सिटीको अग्रता दोब्बर बन्यो ।
४५ औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई ३-० को अग्रता दिलाए ।
खेलको ५१ औं मिनेटमा बर्नेमाउथका क्रिस मेपहमले आत्मघाती गोल गरेपछि सिटीको अग्रता ४-० को बन्यो ।
खेलको ८३ औं मिनेटमा बर्नेमाउथका जेफरसन लेर्माले एक गोल गरेपनि सिटी ४-१ ले विजयी भयो ।
यस जितसँगै सिटीले शीर्ष स्थानको आर्सनलसँगको अंक दुरी घटाएको छ ।
सिटी २५ खेलमा ५५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । आर्सनलको ५७ अंक रहेको छ ।
बर्नेमाउथ २१ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।
सिटीको सहज जित









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



