आर्सनललाई ५ अंकको अग्रता
शनिबार, फागुन १३, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा आर्सनलले लेस्टर सिटीलाई १-० गोल अन्तरले हराएको हो ।
आर्सनलको जितमा गाब्रिएल मार्टिनेलीले निर्णायक गोल गरे ।
खेलको ४६ औं मिनेटमा ट्रासोर्डको पासमा उनले गोल गरेका हुन् ।
त्यसअघि खेलको २७ औं मिनेटमा आर्सनलका ट्रासोर्डको गोलले मान्यता पाएन् । भीएआरले अफसाइड देखाएपछि उनको गोलले मान्यता नपाएको हो ।

यस जितसँगै आर्सनलले २४ खेलमा ५७ अंक जोडेको छ ।
आर्सनल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा ५ अंकले अघि रहेको छ ।
सिटीको ५२ अंक रहेको छ ।
लेस्टर २४ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।
आर्सनललाई ५ अंकको अग्रता









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



