डर्टमण्ड शीर्ष स्थानमा
शनिबार, फागुन १३, २०७९खेलपाटी संवाददाता

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा डर्टमण्डले होफेनहाइम १-० गोल अन्तरले हराएको हो ।
डर्टमण्डको जितमा जुलियन ब्रान्टले निर्णायक गोल गरे ।
जुलियनले खेलको ४३ औं मिनेटमा गोल गरेका थिए ।
यस जितसँगै डर्टमण्ड शीर्ष स्थानमा उक्लिएको छ ।
डर्टमण्डले २२ खेलमा ४६ अंक जोडेको छ ।
दोस्रो स्थानको बायर्न म्युनिखको ४३ अंक रहेको छ ।
होफेनहाइम १९ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।
डर्टमण्ड शीर्ष स्थानमा









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



