धरानलाई हराउँदै युके एफसी सेमिफाइनलमा

इलाम । घरेलु टोली धरान फुटबल क्लबलाई हराउँदै युके एफसी भारतले २३ औं बुढासुब्बा गोल्डकपमा विजयी सुरुआत गरेको छ ।
धरान रंगशालामा शनिबार भएको उद्धघाटन खेलमा घरेलु टोलीलाई हराउँदै युके एफसीले सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो ।
निर्धारित ९० मिनेटमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि निर्णयका लागि टाइब्रेकर रोजिएको थियो ।
आयोजक टोलीका रिवश मास्कले गोल गर्न चुक्दा धरान ५–४ गोल अन्तरले पराजित बन्दै क्वाटरफाइनलबाट बाहिरिएको हो । युके एफसीको जितमा गोलरक्षक मनोज प्रधान भाग्यमान सावित भए । उनले रिवशको प्रहार बचाएका थिए ।
प्लेयर अफ दि म्याच विजेता टिमका गोलरक्षक प्रधान घोषित भए । उनले नगद ३५ हजार प्राप्त गरे ।
आइतबारको दोस्रो क्वाटरफाइनल खेल बागमती युवा क्लब सर्लाही र एभेनियर फुटबल क्लब क्यामरुनबीच हुनेछ ।
फागुन २० गते सम्म चल्ने प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित नगद १० लाख पाउनेछ भने उपविजेताले नगद ५ लाख पाउनेछ । उत्कृष्ट खेलाडीलाई नगद १ लाख दिइने जनाइएको छ । विगतमा उत्कृष्ट खेलाडीले मोटरसाइकल पुरस्कार पाउँदै आएका थिए ।
प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १० हजार दिइनेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर, प्रशिक्षकलाई जनही २५ हजार पुरस्कार दिइनेछ ।









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



