संकटालाई हराउँदै आर्मी फाइनलमा

इलाम । विभागीय टोली त्रिभुवन आर्मी क्लब भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
मेची रंगशालामा शनिबार चेतन केसीले निर्णायक गोल गर्दा संकटामाथि १-० को जित हासिल गर्दै आर्मी उपाधि नजिक पुगेको हो ।
आर्मीले फाइनल प्रवेशका लागि अतिरिक्त समयसम्म कुर्न पर्यो । निर्धारित ९० मिनेटमा दुवै टोलीबाट गोल नभएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । खेलको १ सय १ औं मिनेटमा संकटाका सौरभ दासले आर्मीका प्रज्वल गुरुङलाई फाउल गरेपछि पाएको मौकामा गोल निस्किएको थियो ।
सन्तोष केसीको फ्रिकिक प्रहारलाई चेतनले हेडर मार्फत जाली चुमाए ।
यस जितसँगै आर्मीले कम्तीमा ७ लाख रुपैया सुरक्षित गरेको छ । खेलको म्यान अफ दि म्याच आर्मीका सुरज बस्नेत घोषित भए ।
अब आर्मीले उपाधिका लागि मछिन्द्र फुटबल क्लब र एपीएफ क्लबबीचको विजेतासँग खेल्नेछ ।
प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आइतबार मछिन्द्र र एपीएफ भिड्ने छन् ।









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



