पिकफोर्ड एभर्टनमै बस्ने
शनिबार, फागुन १३, २०७९खेलपाटी संवाददाता

काठमाडौं । गोलकिपर जोर्डन पिकफोर्डले एभर्टनसँगको सम्झौता नवीकरण गरेका छन् ।
इंग्ल्यान्डका गोलकिपरले एभर्टनसँग साढे ४ वर्षको नयाँ सम्झौता गरेका छन् ।
टोटेनहम जाने चर्चा चलिरहेको बेला पिकफोर्डले एभर्टनसँग नयाँ सम्झौता गरेका हुन् ।
२८ वर्षीय गोलकिपर सन् २०१७ मा सन्डरल्याण्डबाट एभर्टन आएका थिए ।
एभर्टनका लागि उनले २ सय २२ खेल खेलिसकेका छन् ।
पिकफोर्डले इंग्ल्यान्डका लागि ५० खेल खेलिसकेका छन् ।

पिकफोर्ड एभर्टनमै बस्ने









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



