चेल्सीका प्रशिक्षक पोटरलाई ज्यान मार्ने धम्की
शनिबार, फागुन १३, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका मुख्य प्रशिक्षक ग्राहम पोटरलाई ज्यान मार्ने धम्की आएको छ ।
प्रशिक्षक पोटरले अज्ञात समूहबाट आफु र आफ्नो परिवारलाई ज्यान मार्ने धम्की आएको बताएका छन् ।
यस सिजन चेल्सीले खराब प्रदर्शनलाई कायम राखेपछि प्रशिक्षक पोटर र उनका परिवारलाई इमेलमार्फत ज्यान मार्ने धम्कीहरु आउन थालेको हो ।
चेल्सीले सबै प्रतियोगितामा पछिल्लो १४ खेलमध्ये दुई मात्रै जितेको छ ।
थोमस टुचेललाई बर्खास्त गरेपछि गत सेप्टेम्बरमा चेल्सीले उनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।
पोटरको नेतृत्वमा चेल्सीले २५ खेल मध्ये ९ खेल मात्र जितेको छ ।
चेल्सी यस सिजन प्रिमियर लिगको १० औं स्थानमा छ ।
चेल्सीका प्रशिक्षक पोटरलाई ज्यान मार्ने धम्की









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



