मिगुएलद्वारा सम्झौता नवीकरण
शनिबार, १३ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । प्रिमियर लिग क्लब न्युकासलका मिडफिल्डर मिगुएल अल्मिरोनले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
मिगुएलले न्युकासलसँग साढे तीन वर्षको सम्झौता थप गरेका छन् ।
पाराग्वेका मिडफिल्डर २०१९ मा अमेरिकी क्लब एटलान्टा युनाईटेडबाट प्रिमियर लिग क्लब आएका थिए ।
२९ वर्षीय मिडफिल्डरले न्युकासलका लागि १५० खेल खेलिसकेका छन् ।
प्रिमियर लिगमा यस सिजनले उनले २३ खेलमा १० गोल गरिसकेका छन् ।
'म धेरै खुसी छु । न्युकासलसँग नयाँ सम्झौता गर्न पाउँदा । मैले न्युकासललाई सुरुआतबाटै घरको रुपमा अनुभव गरेको छु,' सम्झौतापछि उनले भनेका छन् ।
मिगुएलले पाराग्वेका लागि ४९ खेलमा ६ गोल गरेका छन् ।

मिगुएलद्वारा सम्झौता नवीकरण









-1770830065585.jpeg&w=3840&q=75)




-1770799852128.png&w=3840&q=75)
